ब्राजिलद्वारा इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा



ब्राजिल । ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ । सन् २०२५ मा ब्रिक्सको अध्यक्षता गर्ने ब्राजिलले सन् २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा इन्डोनेसियाको उम्मेदवारीलाई नेताहरूले समर्थन गरेको बताएको छ ।

ब्राजिलको विदेश मन्त्रालयले ब्रिक्समा इन्डोनेसियाको प्रवेशलाई स्वागत गरेको छ । यसले इन्डोनेसिया र अन्य ब्रिक्स सदस्यहरूले विश्वव्यापी शासन संस्थाहरूको सुधारलाई समर्थन गर्ने बताएको छ ।

“ब्राजिल सरकारले इन्डोनेसियालाई ब्रिक्समा प्रवेश गरेकोमा स्वागत गर्दछ । सबैभन्दा ठूलो अर्थतन्त्र र दक्षिणपूर्व एशियामा सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रको रूपमा इन्डोनेसियाले अन्य ब्रिक्स सदस्यहरूसँग विश्वव्यापी शासन संस्थाहरूको सुधारको लागि महत्त्वपूर्ण योगदान गर्दछ,”ब्राजिलको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

इन्डोनेसियाले नयाँ सरकारको स्थापनापछि मात्र ब्रिक्समा सामेल हुने आफ्नो रुचिबारे समूहलाई औपचारिक रूपमा जानकारी गरायो ।

ब्रिक्स देशहरूले सन् २०२४ मा इन्डोनेसियाको सदस्यतालाई सर्वसम्मतिले अनुमोदन गरेको विज्ञप्तिमा भनिएको छ ।

ब्रिक्स औपचारिक समूहको रूपमा सन् २००६ मा जि–८ आउटरिच शिखर सम्मेलनको बैठक पछि सुरु भयो । सन् २००६ मा न्यूयोर्कमा विदेश मन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।

पहिलो ब्रिक्स शिखर सम्मेलन सन् २००९ मा रूसको येकातेरिनबर्गमा भएको थियो । सन् २०१० मा न्यूयोर्कमा भएको ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरी ब्रिकलाई ब्रिक्समा विस्तार गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

तेहरान । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र

रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा युक्रेनी आक्रमण

किएभ ।  युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

  ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको

भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख