३२ पुग्यो चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या



काठमाडौं । भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेको दिङ्गे काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्निच्यूडको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म ३८ जना घाइते भएका विवरण आएको सिन्ह्वाले जनाएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।

स्थानीय प्रशासनले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास, नगरपालिकाका पदाधिकारी र गाउँपालिकाका कार्यकर्तालाई परिचालन गरेको छ । भूकम्पबाट बच्न स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानान्तरणको व्यवस्था गरिरहेको दिङ्ग्रे काउन्टीका गभर्नरले बताएका छन् ।

भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो । भूकम्पपछि मानिसहरु घर बाहिर निस्केका थिए । नेपालमा भने भूकम्पको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख

कार्टरको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि लगियो अमेरिकी संसद भवनमा

वासिङटन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई बृहत सैन्य सम्मानसहित अमेरिकी

खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

बंगलादेश । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि मंगलबार साँझ

इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

इस्लामावाद। पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेल बाट बनिगाला स्थित उनको निवासमा नजरबन्दमा