छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन ‘विश्वस्त’



सियोल ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ ।’

गत वर्ष हमास र इजरायलबीच युद्धविरामका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको स्मरण गर्दै ब्लिन्केनले भने, ‘बाइडेन प्रशासनले आफ्नो कार्यकालको अन्त्यसम्म युद्धविराम र बन्दी मुक्त गर्ने काम हरेक दिन हरेक मिनेट गरिनेछ ।’

‘हामी आगामी दुई हप्तामा युद्धविराम सम्झौतालाई निष्कर्षमा ल्याउन चाहन्छौं,’ विदेशमन्त्री ब्लिन्केनले सियोल भ्रमणका क्रममा सञ्चारकर्मीसँग भने ।

ब्लिन्केनले भने, ‘यदि हामीले आगामी दुई हप्तामा फिनिसिङ लाइन पार गर्न सकेनौं भने पनि मलाई विश्वास छ यो कुनै बिन्दुमा छिट्टै पूरा हुनेछ।’

‘सम्झौता राष्ट्रपति बाइडनले अघि सारेको योजनाको आधारमा हुनेछ र लगभग सम्पूर्ण विश्वले समर्थन गर्नेछ,’ उनले भने ।

जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई अझ बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन र सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा समातिएका बन्धकहरूलाई मुक्त नगरे हमासले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिए ।

हमासका एक अधिकारीले आइतबार इजरायलसँगको सम्भावित सम्झौताको ‘पहिलो चरण’मा ३४ जना बन्धकलाई मुक्त गर्न समूह तयार रहेको बताए ।

ब्लिन्केनले सम्झौतामा पुग्न हमासले आफ्नो तर्फबाट ‘तीव्र चाहना’ गरेको तर त्यो अझै पूरा नभएको बताए ।

ब्लिन्केनले भने, ‘हामीलाई सम्झौतालाई पूरा गर्न र बन्धकहरूको लागि परिस्थितिलाई मौलिक रूपमा परिवर्तन गर्न, उनीहरूलाई मुक्त गर्न, गाजाबासीलाई राहत दिन र समग्र क्षेत्रका लागि राहत महशुस हुने काम गर्न अगाडि बढ्नका लागि अन्तिम निर्णयहरू गर्न आवश्यक छ ।’

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको भीषण आक्रमण र बदलामा इजरायलले गाजामा चलाएको हमासविराधी कारबाहीसँगै ब्लिन्केनले मध्यपूर्वको १२ पटक भ्रमण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो, एकहजार भन्दाबढी घरमा क्षति

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ

फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेनको ९६ वर्षको उमेरमा निधन

पेरिस । फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता जीन–मारी ले पेनको मङ्गलबार ९६ वर्षको

गाजामा युद्धविराम सम्बन्धी ‘प्राविधिक बैठकहरू’ जारी रहेको मध्यस्थकर्ता कतारको पुष्टि

दोहा । इजरायल र हमासबीच गाजामा युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले वार्ता जारी रहेको

ब्राजिलद्वारा इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा

ब्राजिल । ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ ।