युक्रेनले कुर्स्क क्षेत्रमा ‘प्रत्याक्रमण’ गर्‍‍यो : रुस



मस्को । रुसले आइतवार युक्रेनले कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा ‘प्रत्याक्रमण’ गरेको बताएको छ । त्यहाँ किएभको सेनाले गत अगस्टमा स्थलगत आक्रमण सुरु गरेको थियो ।

युक्रेनले यस क्षेत्रमा कति प्रगति गरेको थियो भन्ने तुरून्त स्पष्ट भएन तर क्रेमलिन समर्थक सैन्य ब्लगरहरूले पहिले नै एउटा शक्तिशाली नयाँ आक्रमण भइरहेको रिपोर्ट गरेका थिए ।

“मस्को समयानुसार बिहान ९ः०० बजे कुर्स्क दिशामा रूसी सेनाको अग्रगतिलाई रोक्न दुश्मनले जवाफी आक्रमण सुरु गर्‍यो ”, रूसी रक्षा मन्त्रालयले भन्यो ।

युक्रेनले बेर्डिन गाउँतर्फ लक्षित नयाँ आक्रमणमा दुई ट्याङ्क, एक दर्जन बख्तरबन्द सवारी साधन र एक विध्वंसक टुकडी प्रयोग गरेको मन्त्रालयले जनाएको छ । “युक्रेनी सेनाका टुकडीहरूलाई नष्ट गर्ने कारबाही जारी छ”, मन्त्रालयले भन्यो ।

क्रेमलिन समर्थक सैन्य ब्लगरहरूले पहिले नै किएभले उक्त क्षेत्रमा नयाँ आक्रमण गरिरहेको र उसका सेनाहरू क्षेत्रको बोल्शेसोल्दात्स्की जिल्लातर्फ अघि बढिरहेको रिपोर्ट गरेका थिए ।

युक्रेनी अधिकारीहरूले आक्रमण बारेमा सीमित जानकारी दिए । “रुसले जे पाउन योग्य छ, त्यही पाइरहेको छ”, युक्रेनी राष्ट्रपतिका चिफ अफ स्टाफ एन्ड्री येरमाकले भने ।

गत वर्ष आक्रमण सुरु भएको केही समयपछि किएभले कुस्र्क क्षेत्रका दर्जनौँ गाउँ कब्जा गरेको थियो तर मस्कोले हजारौँ उत्तर कोरियाली सेनासहित यस क्षेत्रमा सुदृढीकरण गरेपछि युक्रेनको अग्रगति रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

बीबीसी । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली

३२ पुग्यो चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या

काठमाडौं । भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको

शक्तिशाली भूकम्पबाट सिगात्से क्षेत्रमा ९ जनाको मृत्यु

काठमाडौं । भूकम्पबाट तिब्बतमा ९ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको

अजरबैजानको विमान खसालिएकोमा रुस ‘दोषी’ रहेको राष्ट्रपति अलियेभको भनाई 

बाकु । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत महिना आफ्नो देशको विमान खसालिएकोमा रुस