जापानमा बर्डफ्लुको प्रकोप



टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।

पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।

इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिशाली भूकम्पबाट सिगात्से क्षेत्रमा ९ जनाको मृत्यु

काठमाडौं । भूकम्पबाट तिब्बतमा ९ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको

अजरबैजानको विमान खसालिएकोमा रुस ‘दोषी’ रहेको राष्ट्रपति अलियेभको भनाई 

बाकु । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत महिना आफ्नो देशको विमान खसालिएकोमा रुस

इन्डोनेसिया सरकारले आप्रवासी कामदारलाई सशक्तिकरण गर्ने

जकार्ता । इन्डोनेसियाली सरकारले आप्रवासी कामदारहरूलाई सहयोग गर्न ४५ ट्रिलियन इन्डोनेसियाली रुपैयाँ विनियोजन

चीनमा नयाँ बिरुवाको प्रजाति फेला

नानिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ‘बेगोनियाको नयाँ प्रजाति’