इन्डोनेसियाको सन् २०२४, सन् १९९१ यताकै सबैभन्दा तातो वर्ष



जकार्ता । इन्डोनेसियाले सन् २०२४ मा सबैभन्दा तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ ।

इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले ग्लोबल वार्मिंगको प्रमुख कारण भनेका छन् ।

देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बिएमकेजी) ले शुक्रबार आफ्नो वेबसाइटमा सन् २०२४ मा औसत हावाको तापमान २७.५ डिग्री सेल्सियस (८१.५ फरेनहाइट) रहेको जनाएको छ । सन् १९९१ तथा सन् २०२० बीचको तुलनामा लगभग ०.८ डिग्री सेल्सियस बढी रहेको बताएको छ ।

हालसम्म देशभरका ११३ वटा अनुगमन पोष्टबाट तथ्याङ्क प्राप्त भएको छ । संयुक्त राष्ट्रसङ्घले सोमबार सन् २०२४ लाई विश्वभरकै सबैभन्दा तातो वर्ष बताएको छ ।

साथै, चीन र भारत दुवैले यो वर्ष आफ्नो दशककै सबैभन्दा तातो वर्ष भएको बताएका छन् । इन्डोनेसियामा गत वर्षको अप्रिल चार दशकभन्दा बढी यताकै सबैभन्दा तातो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।