सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि



सांघाई । चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।

विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
छन्।

बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार १४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार ४१७ गाडीको तुलनामा ४१.३ प्रतिशतले बढी हो ।

डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार १५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढी हो ।

‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो ।

कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो ।

बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रूत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिक रूपमा लाभान्वित भएका थिए ।

युरोपेली सङ्घ (इयु)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।

इयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५.३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो ।

यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पु्र्याएका थिए ।

उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी ईभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो।

“यो त्रैमासिकमा विश्वव्यापी रूपमा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ हामीले क्रमिक रूपमा अघिल्लो महिनाको रेकर्डलाई तोड्न सफल बनेका छौँ,” आरएचओ मोसन विशेषज्ञ चाल्र्स लेस्टरले गत महिना जारी विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वपोर्नस्टारलाई पैसा दिएको मुद्दामा ट्रम्पविरुद्ध अदालतले १० जनवरीमा सजाय सुनाउँदै

बीबीसी । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १०

आर्थिक वृद्धि, एआईद्वारा परिचालित युएईमा गतिशील श्रम बजारको उदय

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को रोजगार बजारले विभिन्न क्षेत्रहरूमा अवसर खोज्ने

अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन