ट्रम्पका कट्टर आलोचक चेनीलाई सेवा पदक प्रदान गरिने



वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’वायोमिङका पूर्व प्रतिनिधिसहित अन्य १९ जना प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो देश वा आफ्ना नागरिकका लागि अनुकरणीय सेवाका लागि राष्ट्रपति नागरिक पदकप्रदान गरिनेछ ।”

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दङ्गामा ट्रम्पको भूमिकाको छानबिन गर्ने हाउस कमिटीको अध्यक्षता गरेका पूर्व अमेरिकी सिनेटर क्रिस डोड, पूर्व अमेरिकी प्रतिनिधि क्यारोलिन म्याकार्थी र वर्तमान सांसद बेन्नी थम्पसनलाई पनि अमेरिकी सरकारले प्रदान गरेको दोस्रो सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेभएको छ ।

पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी चेनीले समितिको उपाध्यक्षको रूपमा काम गरेकी थिइन् ।

ह्वाइट हाउसले लिज चेनीको वर्णन गर्दै भनेको छ, “उहाँले हाम्रो राष्ट्र र हामीले खडा गरेका आदर्शहरू रक्षाका लागि आवाज उठाउनुभएको र यसको कार्यान्वयनका लाथि देश दौडाहमा सहभागी हुनुभएको थियो ।”

“उहाँको निष्ठा र निडरताले हामी सबैलाई मिलेर काम गर्यौं भने के असम्भव छ भन्ने सिकाउँछ,” विज्ञप्तिमा भनिएको छ ।

हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनेकी ५८ वर्षीया चेनी हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनेका छन् तर सन् २०२२ मा ट्रम्प समर्थक उम्मेदवारसँग उनले संसद्का लागि आफ्नो सिट गुमाएकी थिइन् ।

उनी गत नोभेम्बरमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग चुनावी अभियानमा सहभागी भएकी थिइन् ।

जनवरी २० मा ह्वाइट हाउसमा राष्ट्रपतिको दोस्रो कार्यकालको सपथ लिने तयारीमा रहेका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी चेनीसँग बदला लिने बताएका छन् ।

रिपब्लिकनले गत महिना एक सामाजिक सञ्जाल पोस्टमा भनिएको थियो, “उपसमितिले प्राप्त गरेको प्रमाणको आधारमा चेनी धेरै समस्यामा पर्न सक्नुहुन्छ । उहाँले धेरै संघीय कानूनहरू तोड्नुभएको छ र यी उल्लङ्घनहरूको एफबीआईले अनुसन्धान गर्नुपर्छ।”

गत डिसेम्बरमा रिपब्लिकन नेतृत्वको संसदीय समितिले चेनीमाथि ट्रम्प समर्थकले क्यापिटोलमा गरेको आक्रमणको अनुसन्धानको नेतृत्व गर्न सहयोग गर्दा साक्षीसँग छेडछाड गरेको आरोप लगाएको थियो । उनले उक्त आरोपको खण्डन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वपोर्नस्टारलाई पैसा दिएको मुद्दामा ट्रम्पविरुद्ध अदालतले १० जनवरीमा सजाय सुनाउँदै

बीबीसी । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १०

आर्थिक वृद्धि, एआईद्वारा परिचालित युएईमा गतिशील श्रम बजारको उदय

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को रोजगार बजारले विभिन्न क्षेत्रहरूमा अवसर खोज्ने

अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन