गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु



गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।

“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्तिमा भनेको छ ।

मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उहाँका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिए । इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिएका थिए ।

हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो । काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्वारा लिबरल पार्टीका नेताको पदबाट राजीनामा

  टोरन्टो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना

निप्पोन स्टिल र युएस स्टिलद्वारा बाइडेनको मर्जर रोकविरुद्ध मुद्दा दायर

न्युयोर्क । निप्पोन स्टिल र युएस स्टिलले सोमबार राष्ट्रपति जो बाइडेनको जापानी जायन्टले

चिनियाँ राष्ट्रपति सीद्वारा ‘ भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा

  बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक

भारतमा एचएमपिभी संक्रमितको संख्या तीन पुग्यो

नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन