अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु



अफगानिस्तान । पूर्वी अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

खोस्ट प्रान्तीय सरकारका प्रवक्ता मुस्तगफिर गुरबाजले भने,“यो घटना प्रान्तको राजधानी खोस्ट शहरको बाहिरी भागमा रहेको एक आवासीय अपार्टमेन्टमा भएको थियो, जसमा एक महिला र तीन बालबालिका सहित चार जनाको मृत्यु भएको थियो ।”

गुरबाजका अनुसार घटना हुँदा परिवारका सदस्यले घर तातो पार्न खोजिरहेका थिए ।

अफगानिस्तानमा, मानिसहरूले जाडोमा आफ्नो आवासीय घरहरू तताउन ग्यास सिलिन्डर प्रयोग गर्ने सामान्य छ, जसले कहिलेकाहीं घातक दुर्घटनाहरू हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वार्षिक निर्यात ६० अर्बमा पुर्‍याउने पाकिस्तानको लक्ष्य

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले  देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/०२९

भारतको एक होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

नयाँदिल्ली ।  भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छ: जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दै

न्युयोर्क । यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले