दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटनाः मृतकको संख्या ४७ पुग्यो



बीबीसी । दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

उक्त विमान धावनमार्गबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो । जेजु एयरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।

विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको योन्हाप समाचार संस्थाले जनाएको छ । केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको अग्नि नियन्त्रकले बताएका छन् ।

विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिक रहेका योन्हापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’

दक्षिण कोरियाली विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

सियोल ।  दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क