श्रीलङ्कामा ‘एकीकृत निगरानी महाशाखा’ स्थापना गर्न राष्ट्रपतिको आग्रह



कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विमानस्थल तथा श्रीलङ्का भन्सारका अधिकारीहरूलाई लागुऔषध तस्करी, भ्रष्टाचार र अवैध आप्रवासनलाई रोक्न एकीकृत निगरानी महाशाखा स्थापना गर्न आग्रह गरेका छन् ।

अनुगमन महाशाखाले अन्य प्रतिबन्धित वस्तुको प्रवेश रोक्न, विमानस्थल तथा भन्सारमा हुने अनियमितता र देशबाट व्यक्तिको अनाधिकृत निकासीमा पनि ध्यान दिनुपर्ने राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।

अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार, विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँगको भेटमा राष्ट्रपतिले सो कुरा बताएका हुन् ।

राष्ट्रपतिले अहिलेको स्क्यानिङ उपकरणलाई अत्याधुनिक स्क्यानरले प्रतिस्थापन गर्न आह्वान गर्दै तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’

दक्षिण कोरियाली विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

सियोल ।  दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क