दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित



सियोल ।  दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्।

निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन्।

नेसनल एसेम्बलीले हानलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि कार्यवाहक राष्ट्रपति हान पदबाट निलम्बित भएको र उनको स्थानमा उपप्रधानमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री चोइले जिम्मेवारी सम्हाल्ने तयारी गरेको कोरियाली अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अर्थ मन्त्रालयका अनुसार चोईले हानसँग बैठक गर्ने र त्यसपछि सेना प्रमुखसँग फोनमार्फत् सम्वाद गरीसरकारका मन्त्रीहरूलाई निर्देशन दिने योजना बनाएको बताइएको छ।

कार्यवाहक राष्ट्रपतिले जनताका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको व्यावसायिक रकेट प्रक्षेपण असफल

बेइजिङ । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई

मोरक्को तटमा आप्रवासी डुङ्गा दुर्घटना हुँदा ७० बेपत्ता

बामाको । मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम

लस एन्जलस । नासाको ‘पार्कर सोलार प्रोब’ले सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान

चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी

बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र