अजरबैजानको विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेको हुन सक्ने आशंका



काजकिस्तान । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । तर केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेकोे हुन सक्ने बताएका छन् ।

रूसी अधिकारीले घटनाबारे ‘अड्कलबाजी’ भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीले अनुसन्धानको अन्त्यसम्म पर्खनु आवश्यक छ ।”

काजकिस्तानका सभामुख माउलेन आशिम्बायेभलाई उदृत गर्दै रूसी समाचार संस्था (तास) ले विमानमा के कारणले क्षति पुगेको हो भनेर एकीन भइनसकेको उल्लेख गरेको छ ।

“विशेषज्ञहरूले यी सबै घटनाहरूको अनुसन्धान गरिरहेका छन् र छिट्टै आफ्नो निष्कर्ष निकाल्नेछन्। काजकिस्तान, रूस र अजरबैजानले पनि सूचना लुकाउन चाहेने छैनन्, यसलाई सार्वजनिक गरिनेछ,” उनले भने ।

–‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशङ्का–

रूसी सैन्य विज्ञ युरी पोडोल्याकाले विमानको भग्नावशेषमा देखिएको प्वाल ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले पु¥याएको क्षतिसँग मिल्दोजुल्दो रहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सबै कुराले यही सङ्केत गर्छ।” अजरबैजान एयरलाइन्सले सुरुमा उक्त विमान चराको बथानको बीचमा पुगेको बताएको थियो ।

विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । काजकिस्तानका उपप्रधानमन्त्री कानत बोजुम्बायेभले ३८ जनाको मृत्यु भएको तीन बालबालिकासहित २९ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी

बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र

लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु

भेन्टियान । लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

टोकियो । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

सियोल ।  दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति