फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी



मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने प्रयास गरेको दाबी गरेका छन् । विदेशमन्त्री लाभरोभका अनुसार किएभको सहभागिताबिना नै छलफल गर्न खोजिएको थियो भन्ने दाबी गलत भएको भनी खण्डन गरेको छ ।

अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनमा सहभागी मुलुकहरूले युक्रेनको समर्थनमा संयुक्त मोर्चाको आह्वान गरेका छन् र युक्रेनको सहमति बिना कुनै पनि निर्णय लिन नसकिने बताउँदै आएका छन्।

“धेरै पटक हाम्रा फ्रान्सेली सहकर्मीहरूले गोप्य च्यानलहरूमार्फत युक्रेन सन्दर्भमा उसको सहभागिता बिना वार्ता गरौँ भनी अपील गरेका छन्,” लाभरोभले एक पत्रकार सम्मेलनमा भने । उनले रूसी अधिकारीहरू धारणा सुन्न तयार रहेको बताए ।

“लाभरोभले यी अपीलहरू कहिले भएको वा कथित सम्पर्कको बारेमा थप विवरणहरू दिनुभएन,” फ्रान्सेली कुटनीतिक स्रोतले एएफपीसँग बताएको छ ।

स्रोतले भन्यो, “रूसी अधिकारीहरू आक्रामक युद्धलाई निश्तेज पार्न फाइदा उठाउने उद्देश्यले असंयमित टिप्पणी गर्न अभ्यस्त छन्, जसको पूर्ण जिम्मेवारी उनीहरूले वहन गर्नुपर्छ ।”

“फ्रान्सले युद्धको सुरुवातदेखि नै वार्ता प्रक्रियामा प्रवेश गर्न चाहेको समय र परिस्थिति निर्धारण गर्ने जिम्मा युक्रेनको भएको बताउँदै आएको छ,” स्रोतले जनाएको छ ।

करिब तीन वर्ष लामो द्वन्द्वपछि अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अर्को महिना कार्यभार सम्हाल्ने तयारी गरिरहँदा शान्ति वार्ताको सम्भावनाबारे छलफल भइरहेको छ ।

ट्रम्पले पटक–पटक भनेका छन्, “कसरी युद्ध अन्त्य गर्ने वस्तुगत व्याख्या नगरी आफूले युक्रेन युद्ध अन्त्य गर्ने लक्ष्य राखेको बताउनुभएको छ।”  फ्रान्सले युक्रेनमा सम्भावित युद्धविरामको निगरानीका लागि पश्चिमी सेना पठाउने धारणा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नयाँदिल्ली ।  सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको छानबिन गर्न राष्ट्रसङ्घीय निकायको आग्रह

काबुल । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय नियोगले अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणसहित ४६

अजरबैजानको विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेको हुन सक्ने आशंका

काजकिस्तान । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले

पाकिस्तानमा आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

इस्लामावाद । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा