चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार



बेइजिङ । चीनले बुधवार युरोपेली सङ्घ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई ‘मामिलाको जटिलता’ का कारण विस्तार गर्ने बताएको छ । यसले बेइजिङ र ब्रसेल्सबीचको व्यापारिक गतिरोधलाई लम्ब्याएको छ ।

इयुले चिनियाँ विद्युतीय सवारी अनुदानको अनुसन्धान गरेपछि जनवरीमा चीनले केही इयु ब्रान्डी आयातमाथि अनुसन्धान सुरु गरेको थियो । बेइजिङले सुरुमा ब्रान्डी अनुसन्धान जनवरीमा समाप्त हुने बताएको थियो तर वाणिज्य मन्त्रालयले अब यो अप्रिल ५ सम्म चल्ने बताएको छ ।

मन्त्रालयले थोरै विवरण दिएको छ तर ‘यस मामिलाको जटिलता’ लाई ध्यानमा राख्दै ‘अनुसन्धान अवधि’ लम्ब्याइएको बताएको छ ।

चीनले नोभेम्बरमा घरेलु उद्योगमा ‘पर्याप्त क्षति’ हुने खतरा रहेको भन्दै गत महिना अस्थायी शुल्कको घोषणा गरेपछि इयुबाट आयात हुने ब्रान्डीमा ‘अस्थायी एन्टि–डम्पिङ उपायहरू’ लागु गर्ने बताएको थियो ।

इयुले विश्व व्यापार सङ्गठनमा यी उपायहरूलाई औपचारिक रूपमा चुनौती दिएको छ । इयुले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्सविरुद्धको जवाफी कारबाही जस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा असद समर्थकहरूको ‘एम्बुस’ मा परी १४ सुरक्षाकर्मीको मृत्यु

बीबीसी । सिरियाका अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा परी त्यहाँको विद्रोही–नियन्त्रित

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

न्यूयोर्क । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त

इमरान खानलाई मुक्त गर्न ट्रम्पका विशेष दूत रिचर्डको आग्रह

  वासिङटन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका विशेष मिसनका लागि नियुक्त दूत

क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण

  किएभ । रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र