सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छ : कतार



दोहा । इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मङ्गलबार सिरियामाथिका प्रतिबन्धहरू द्रुत रूपमा हटाउन आह्वान गरेको छ ।

‘हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न आह्वान गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले नियमित प्रेस ब्रिफिङमा भने ।

एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दमास्कसको भ्रमण गरेको एक दिनपछि कतारको यो आह्वान आएको हो । दुई देशबीच १३ वर्षदेखिको विवाद अन्त्य गर्दै कतारी दूतावास आइतबार पुनः खोलिएको छ । ‘कतारको स्थिति स्पष्ट छ’, अन्सारीले भने, ‘प्रतिबन्धको कारण अब त्यहाँ छैन र पूर्व शासनका अपराधहरू नै यी प्रतिबन्धको कारण थिए, त्यसैले प्रतिबन्ध छिटै हटाउन आवश्यक छ ।’

सन् २०११ मा असदको सरकारले शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि भड्किएको सशस्त्र विद्रोहको मुख्य समर्थकमध्ये दोहा एक थियो । आफ्ना धेरै छिमेकीहरूको विपरीत कतार असदको कडा आलोचक बनेको थियो र गत वर्ष अरब कूटनीतिक गुटमा फर्किए पनि कतारले सिरियासँग सम्बन्ध नवीकरण गरेको थिएन ।

अन्तर्राष्ट्रिय समुदायले सिरियामाथिका प्रतिबन्धहरू हटाउन हतार गरेको छैन । अन्तर्राष्ट्रिय समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मृत्युदण्डमा सजाय माफीका लागि बाइडेनमाथि ट्रम्पको आलोचना

  वासिङ्टन । डोनाल्ड ट्रम्पले जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको

युद्धकालीन बेथलेहेम अर्को शोक क्रिसमसको लागि तयार हुँदा सुरक्षा तैनाथ

बेथलेहेम  । गाजामा जारी युद्धको छायाँमा अर्को शोकपूर्ण क्रिसमसको तयारी गर्दै वेस्ट बैंकको

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

  वासिङ्टन । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको

कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने निर्णय दक्षिण कोरियाली विपक्षद्वारा स्थगित

सियोल । दक्षिण कोरियाली विपक्षले मङ्गलबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाअभियोग लगाउने निर्णय