पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते



इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम तिराह उपत्यका क्षेत्रमा भएको थियो, जहाँ सुरक्षा बलहरूले खोजी अभियान सुरु गरेका थिए ।

नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरिएको थियो ।

पाकिस्तानी सेनाले उक्त घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।

पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित तिराह उपत्यका आफ्नो रणनीतिक स्थान र आतङ्कवादको इतिहासका कारण लामो समयदेखि आतङ्कवाद विरोधी प्रयासको केन्द्रबिन्दु बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिद्वारा सोधपुछका लागि गरिएको पत्र बुझ्न अस्वीकार

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई

रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु

सियोल ।  रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सियोल । दक्षिण कोरियाले अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको