वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि



कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख भन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेश गएका बताएको छ ।

तीन लाख १६२ जना मध्ये एक लाख ७७ हजार ७०४ पुरुष कर्मचारी र एक लाख २२ हजार ३५८ महिला कर्मचारी रहेको एजेन्सीले जनाएको छ । कुवेत श्रीलङ्काका कामदारहरूको लागि प्रमुख गन्तव्य थियो ।

एजेन्सीले सन् २०२४ को अन्त्यसम्ममा वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्या तीन लाख ११ हजार पुग्ने अनुमान गरेको छ । सन् २०२२ मा तीन लाख १० हजार ९४८ जनाले वैदेशिक रोजगारीका लागि श्रीलङ्का छाडेका थिए ।

आधिकारिक तथ्याङ्कका अनुसार, श्रमिकहरूको रेमिटेन्स श्रीलङ्काको शीर्ष विदेशी राजस्व कमाउने मध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)

अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित

नैरोबी ।  सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) को