खडेरीले दुई करोड ६० लाख दक्षिणी अफ्रिकीलाई खाद्य असुरक्षामा 



 

इस्तानबुल । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण्ी अफ्रिकामा ऐतिहासिक खडेरीले दुई करोड ६० लाख मानिसलाई खाद्य असुरक्षामा धकेलेको चेतावनी दिँदै तत्काल आर्थिक सहयोगको माग गरेको छ ।

सन् २०२३–२०२४ को एल नीनो जलवायु घटनाले झनै बिग्रेको यो सङ्कट अर्को वर्ष मार्च वा अप्रिलसम्म अर्थात् अर्को फसलसम्म कम्तीमा थप गहिरो हुने अपेक्षा गरिएको छ ।

“आज हामीसँग यस क्षेत्रमा दुई करोड ६० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् र यो एल निनो प्रेरित खडेरीका कारण हो”, डब्लुएफपीका दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले भने ।

पर्डिसनले सबैभन्दा बढी प्रभावित सात देशमा अङ्गोला, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वे रहेको बताए ।

डब्लुएफपीका अनुसार उनीहरूलाई सङ्कटको सामना गर्न थप ३० करोड डलरको आवश्यकता छ ।

खडेरीले धेरै बाली र पशुधन नष्ट गरेकाले लेसोथो, मलावी, नामिबिया, जाम्बिया र जिम्बाब्वेसहितका पाँच मुलुकले विगत महिनाहरूमा राष्ट्रिय प्रकोपको अवस्था घोषणा गरेका छन् ।

धेरै ठाउँमा सामान्यतया वर्षको यस समयमा बिउ रोप्ने किसानहरूले त्यसो गर्न सकिरहेका छैनन् ।

मलावीमा डब्लुएफपीले अभावका कारण सहायता प्रदान गर्न खाद्यान्न आयात गर्नुपर्ने बताएको छ । “यस वर्षको सुरुमा एल निनो खडेरीले मकै बालीको लगभग आधा क्षति भएको थियो”, देशका समूहका प्रतिनिधि पल टर्नबुलले भने ।

“जाम्बियालाई ‘दक्षिणी अफ्रिकाको अन्न भण्डार’ मानिन्छ तर अहिले यो मुलुक ‘भोकमरी सङ्कटको सँघारमा खडा छ”, डब्लुएफपीका देशीय निर्देशक सिसी कबासुगाले भने ।

उच्च मध्यम आय भएको देश नामिबियामा पनि स्थिति विकराल छ । “सबै १४ क्षेत्र खडेरीबाट प्रभावित भएका थिए, तीमध्ये केहीमा धेरै चिन्ताजनक स्तर छन् (खाद्य असुरक्षाको) र यो नामिबियाका लागि धेरै चिन्ताजनक अवस्था हो”, डब्लुएफपीका टिवोङ्गे माचिवेनिकाले भने ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार यस क्षेत्रको भ्रमणका क्रममा खडेरीबाट प्रभावित मानिससहित ३१ अफ्रिकी देशलाई एक अर्ब डलरको मानवीय सहायता प्याकेजको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण

आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान