चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण



बेइजिङ । शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई–संचालित स्तरवृद्धिहरूको व्यापक रूपमा अपनाइने कुरालाई प्रकाश पारेको थियो ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआईसी) द्वारा जारी जेनेरेटिभ एआई को विकास सम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा चार हजार ५०० भन्दा बढी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।

हाल चीनमा छ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ ।

यहाँ जुलाई सन् २०२४ सम्ममा १९० भन्दा बढि जेनेरेटिभ एआई मोडेलहरू दर्ता भएका थिए । यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू र अनुकूल अनुभवहरू प्रदान गर्दछ ।

जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव

जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र