उत्तर मेसेडोनियाकी ६१ वर्षीया महिला बनिन् सबैभन्दा वृद्ध आमा 



 

स्कोप्जे । उत्तरी म्यासेडोनियामा बच्चा जन्माउने सबैभन्दा वृद्धा ६१ वर्षीया महिला बनेकी यस बाल्कन मुलुकका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभका अनुसार नाम उल्लेख नगरिएकी नयाँ आमा इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् ।

“६१ वर्षीया बिरामीले बच्चा पेटरको जन्मले चिकित्सा संसारमा अब कुनै सीमा छैन भनेर देखाउँछ”, पपेस्टिभले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने ।

पपेस्टिभका अनुसार चिकित्सकहरूले उनको गर्भावस्थाको समयमा बिरामीलाई नजिकबाट अनुगमन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो ।

उनले बिरामीले विगतमा १० अलग–अलग इन विट्रो उपचारहरू गराएकी जानकारी दिए । उत्तर म्यासेडोनियामा इन भिट्रो उपचार प्रयोग गर्ने महिलाका लागि कुनै उमेर सीमा छैन ।

अधिकारीहरूका अनुसार आमा र नवजात शिशुलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बच्चाको बुबाको उमेर ६५ वर्ष भएको बताइएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार उत्तर मेसेडोनियाको प्रजनन दर सन् २०२३ मा प्रति महिला १.४८ जन्म थियो ।

सन् १९९१ मा स्वतन्त्रता घोषणा गरेदेखि उत्तर मेसेडोनियाले स्थगित अर्थतन्त्रका बीचमा आफ्ना धेरै मानिस बसाइँ सरेको देखेको छ ।

मुलुकमा केवल १८ लाख बासिन्दा छन् । यो गत सन् २०२१ मा सञ्चालित अन्तिम जनगणनाका अनुसार करिब दुई दशकमा करिब १० प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र लेबनानबीच दुई महिने युद्धविराम सम्झौता

बीबीसी । इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको छ । मंगलबार राति इजरायली

इजरायली सेनाद्वारा बेरुत क्षेत्रलाई लक्षित गर्दै आक्रमण

  जेरुसेलम । इजरायली सेनाले दक्षिणी उपनगरका बासिन्दाहरूलाई बाहिर निस्कन चेतावनी दिएपछि लेबनानी

रुसद्वारा युक्रेनको एटिएसिएमएस आक्रमणको जवाफ दिने प्रतिज्ञा

  मस्को । मस्कोको सेनाले अमेरिकाले आपूर्ति गरेको एटिएसिएमएस (एट्याकम्स) मिसाइल प्रयोग गरेर

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जकार्ता। इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको