यूएईमा यहुदी धर्मगुरुको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ



बीबीसी । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरायलले उनका हत्यारालाई खोजी गरिररहेको छ ।

आइबवार ती रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरायलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।’

हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतबार साँझ पुष्टि गरेको छ । रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुन् ।

गत बिहीबारदेखि उनी बेपत्ता भएपछि इजरायली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए । इजरायलले जारी गरेको विज्ञप्तिमा आफ्ना अधिकारीहरू ती इजरेली–मोल्डोभान नागरिकका परिवारसँग उनी बेपत्ता भएदेखि नै सम्पर्कमा रहेको जनाइएको छ ।

तिस्भी कोगानको घरभन्दा एक घण्टा पर गाडी चलाएर पुगिने दूरीमा उनको अलपत्र कार फेला परेपछि उनको शवको पत्ता लागेको हो ।

इजरायली राष्ट्रपति आइज्याक हर्गजले उनको हत्यालाई ‘एउटा घृणित, यहुदी विरोधी हमला’ भनेका छन् । मोसादका अनुसन्धानकर्ताहरूले रबाइको मृत्युमा जिम्मेवार मानिसहरूको पहिचान गर्न लागिपरेका छन् ।

हबाद एक धार्मिक फाउन्डेसन हो । त्यसले कतै नढल्किएका र निरपेक्ष वा यहुदी धर्मका अन्य हाँगाबिँगा समूहसँग सम्बन्ध कायम राखिराख्न खोज्छ । उक्त समूहको यूएईमा रहेको शाखाले हजारौँ यहुदी यात्रु र बासिन्दाहरूलाई सघाउने उसको वेबसाइटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

  दमास्कस । लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् ।

येचिएल  लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

  जेरुसेलम । इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामावाद । पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ । यससँगै

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी