क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी



मस्को । रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको चेतावनीलाई वासिङ्टनले बुझेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन ।”

युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमाथि आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गरेका छन् ।

पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दावी गरेका छन् ।

हालैका दिनहरूमा युक्रेनले पहिलो पटक रुसी भूमिमा अमेरिका र बेलायतले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको सङ्केत मान्न सकिन्छ ।

युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ ।

पेस्कोभले भने, “मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रूसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्यहरू रूसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२४ मा २८१ सहायताकर्मीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा पुष्टि

जेनेभा । सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको

रूससँगको दुर्लभ सम्झौतापछि कुस्र्कका दर्जनौँ बासिन्दा युक्रेनबाट फिर्ता

मस्को । मस्को र किएभबीच दुर्लभ र ‘कठिन’ वार्तापछि रूसको सीमावर्ती क्षेत्र कुस्र्कका

पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ

स्टकहोम । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप नडराउने स्वीडेनले शुक्रबार जनाएको

इजरायली आक्रमणबाट लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु भएयता लेबनानमा