बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको निधन



लन्डन । बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उनको प्रतिबद्धताप्रति सदाका लागि आभारी हुने बताए ।

बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको ‘शान्तिपूर्वक’ मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका छन् ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु

रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

किएभ।  रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

रामल्लाह (प्यालेस्टाइन) । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

दमास्कस । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको