लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख



बेरुत । हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लङ्घन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका छन् ।

“हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको सार्वभौमिकताको संरक्षण’ इजरायली शत्रुले चाहेको बेला लेबनानी क्षेत्र प्रवेश गर्न सक्दैन,” कासिमले भिडियोमार्फत् सार्वजनिक एक भाषणमा भने ।

“इजरायलले हामीलाई हराउन सक्दैन र हामीमाथि आफ्ना शर्तहरू थोपर्न पनि सक्दैन,” अमेरिकी दूत अमोस होचस्टाइनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौताका लागि मध्यस्थता गर्ने उद्देश्यले बेरुतको दुई दिने भ्रमण पूरा गरेका बेला उनले भने ।

होचस्टीनले बेरुतमा आफूले युद्ध अन्त्य गर्ने ‘वास्तविक अवसर’ देखेको बताउँदै उहाँले बुधबार आफू इजरायल जान लागेको बताए ।

बेरुतमा उनले इरान समर्थित समूहको तर्फबाट मध्यस्थता प्रयासको नेतृत्व गरेका हिजबुल्लाहका सहयोगी संसदका सभामुख नाबिह बेरीसँग दुई पटक भेटवार्ता गरेका थिए ।

“हामीले (अमेरिकी) पत्र प्राप्त गरेका छौं र केही टिप्पणी गरेका छौं,” कासिमले भने । सभामुख बेरीको टिप्पणी, जुन सद्भावमा छ, अमेरिकी राजदूतलाई सूचित गरिएको छ।

इजरायलका विदेशमन्त्री गिदोन सारले कुनै पनि युद्धविराम सम्झौताले लेबनानी लडाकू समूहविरुद्ध इजरायललाई ’कारबाही गर्ने स्वतन्त्रता’ सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

“हामी कुनै पनि सम्झौतामा पुग्नेछौं, यदि यसको उल्लङ्घन भयो भने हामीले काम गर्ने स्वतन्त्रता राख्नुपर्छ,” उनले होचस्टीनको इजरायल आगमनअघि विदेशी राजदूतहरूसँग भने ।

हिजबुल्लाहका प्रमुखले युद्धविराम इजरायली प्रतिक्रिया र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गम्भीरतामा निर्भर रहेको बताए ।

उक्त अवसरमा कासिमले हालैका दिनहरूमा मध्य बेरुतका तीन जिल्लामा भएको घातक आक्रमणपछि ‘तेल अभिभको मध्य क्षेत्रलाई लक्षित गरी प्रतिक्रिया आउने अपेक्षा गरिएको’ पनि बताएका थिए ।

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ र उनको सञ्चार टोलीका चार सदस्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लिबियाको तटबाट एक हजार ३१३ आप्रवासीको उद्धार

त्रिपोली । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट गत हप्ता

नाइजेरियामा विद्रोहीसँगको भिडन्तमा २२ सैनिकको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा

महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एकजनाको मृत्यु

नयाँदिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको