इरानले आइएइएलाई असहयोग गरेको भन्दै इयू र अमेरिकाद्वारा विरोध
इरानले आइएइएलाई असहयोग गरेको भन्दै इयू र अमेरिकाद्वारा विरोध भियना । युरोपेली शक्ति राष्ट्र र संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग इरानको कमजोर सहयोगको निन्दा गर्दै एक प्रस्ताव पेश गरेका छन् ।
भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक सुरु भएसँगै कूटनीतिज्ञहरूले एएफपीलाई बताएअनुसार पेरिस, बर्लिन, लण्डन र वासिङ्टनले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्।
कूटनीतिक स्रोतका अनुसार उक्त प्रस्तावमा बिहीबार मतदान हुने अपेक्षा गरिएको छ ।
आईएईएका प्रमुख राफेल ग्रोसीसँगको टेलिफोन वार्तामा इरानका विदेशमन्त्री अब्बास अरागचीले बोर्डले प्रस्ताव पारित गरेमा तेहरानबाट ‘समानुपातिक’ प्रतिक्रिया आउने चेतावनी दिएका छन् ।
अरागचीले यो कदम इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणको स्पष्ट विरोधाभास भएको पनि बताएका छन् ।
यसअघि बुधबार अरागचीले उक्त कदमको कडा शब्दमा निन्दा गर्दै यसले मुद्दालाई थप जटिल बनाउने बताएका थिए ।
ग्रोसीले इरानको भ्रमण गरेपछि प्रस्तुत गरिएको प्रस्तावले फोर्डो र नाटान्जमा देशको प्रमुख संवद्र्धन स्थलहरूको पनि भ्रमण गरेका थिए । इरानले यो भ्रमणलाई सकारात्मक रूपमा लिएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) एएफपीलाई दिएको एक गोप्य प्रतिवेदनअनुसार इरानले आफ्नो अत्यधिक संवर्धित युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।