युक्रेनमा शान्ति स्थापनाका लागि रूस नै बाधक रहेको जी–७ को भनाई



रोम । युक्रेनमा युद्ध अन्त्यका लागि न्यायोचित समाधान हुन नदिनुमा रूसको मात्र जिम्मेवारी रहेको जी–७ ले उल्लेख गरेको छ ।

‘युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ,’ औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र संयुक्त राज्य अमेरिका सम्मिलित जी–७ ले ‘प्रतिबन्ध, निर्यात नियन्त्रण र अन्य प्रभावकारी उपायमार्फत रूसमाथि गम्भीर मूल्य थोपर्ने आफ्नो प्रतिबद्धता’ पुष्टि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, क्षेत्रीय अखण्डता र यसको पुनःर्निर्माणका लागि युक्रेनको लडाईंमा हामी ऐक्यवद्धताका साथ उभिएका छौँ । रूसको आक्रमणले विश्वभरका कमजोर मानिसहरूमा पारेको प्रभावलाई पनि हामीले बुझेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः इजरायली आक्रमण

बेरुत । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले