अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड



काबुल । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनले बुधबार दोषी ठहर गरिएका एक हत्यारालाई गोली हानेर मृत्युदण्ड दिएको हो ।

घटनास्थलमा रहेका एएफपीका एक पत्रकारका अनुसार पक्तिया प्रान्तको राजधानी गार्डेजमा हजारौं दर्शकको अगाडि पीडित परिवारका एक सदस्यले ती व्यक्तिको छातीमा तीन वटा गोली प्रहार गरेका थिए ।

मृत्युदण्ड दिनुभन्दा अघिल्लो साँझ गभर्नरको कार्यालयले अधिकारीहरू र बासिन्दाहरूलाई सामाजिक सञ्जालमा ‘यस कार्यक्रममा उपस्थित हुन’ आह्वान गरेको थियो ।

अफगानिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा एक हत्यारालाई प्रतिशोधात्मक सजाय सुनाइएको जनाएको छ ।

मृत्युदण्डको आदेशमा तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका छन् ।

तालिबान सत्तामा आउनुअघि देखि नै हबिबुल्लाह सैफ उल कातल नामका एक व्यक्तिको हत्या गरेको अभियोगमा उनी हिरासतमा रहेका थिए भने तीनवटा सैन्य अदालतले यस मुद्दाको ‘निकै सटिक र पटक–पटक अनुसन्धान’ गरेका थिए ।

बयानमा भनिएको छ, ‘पीडित परिवारलाई मृत्युदण्डमा रोक लगाउने मौका दिइएको थियो, तर उनीहरूले अस्वीकार गरेका थिए।’

मृत्युदण्डदिने क्रममा गृहमन्त्री सिराजुद्दीन हक्कानीलगायत उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि

ट्युनिसियामा डुंगा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिस । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु

राजद्रोहको आरोपमा पक्राउ परेका हिन्दू भिक्षुलाई जमानत दिन बङ्गलादेशको अदालतद्वारा अस्वीकार

बङ्गलादेश । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी

सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

काठमाडौं । जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा