स्पेनको एक भवनमा विस्फोट हुँदा तीनजनाको मृत्यु


बार्सिलोना । स्पेनको उत्तरी शहर सान्टान्डरमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

घटना स्थानीय समयअनुसार शनिबार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो ।

विस्फोटका कारण तीन तले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताए ।

विष्फोटपछि भवनको छेउको अर्का केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो।

स्थानीय आकस्मिक सेवाका अनुसार १० जनालाई अस्पताल लगिएकोमा दुई जना कसामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।