खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु



गाजा  । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकाशं महिला तथा बालबालिका सहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनूसको अल–मनारा क्षेत्रलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँ घाइते भएकोसमेत जनाइएको छ।

बिहिबार राति, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरको आवासीय परिसरमा हवाई आक्रमण गर्दा महिला र बालबालिका सहित कयौं सर्वसाधारणको मृत्यु हुनुका साथै कयौं घाइते भएको जनाइएको छ।

सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म कम्तिमा ४२ हजार ८४७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै एक लाख ५४४ भन्दा बढी घाइते भएका छन् भने हजारौँ पीडितहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल युद्धविरामको आह्वान गर्दै अन्तर्राष्ट्रिय अदालतको निर्देशनअनुसार गाजामा नरसंहार रोक्न आग्रह गरे तापनि इजरायलको नरसंहार आक्रमणहरू निरन्तर जारी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो

मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या ८१

नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

बेरुत । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : ह्यारिस

पेन्सिलभेनिया, अमेरिका । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी

फिलिपिन्समा ‘ट्रामी’ आँधीका कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

मनिला । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६