विद्रोहीको आक्रमणमा हाइटीमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित



पोर्ट–आउ–प्रिन्स । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएका नागरिक सुरक्षा विभागले जनाएको छ ।

लामो समयदेखि गिरोह हिंसाबाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ ।

दक्षिणी सोलिनो जिल्लामा “भिभ अन्सानम“ (लिभिङ टुगेदर) गठबन्धनभित्रका गिरोहले गरेको आक्रमणमा ती दुई महिलाको मृत्यु भएको हो ।

“उनीहरूलाई उनीहरूको घरभित्रै मारिएको थियो”, नागरिक सुरक्षा प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा जलेका घर र सवारीसाधनको पनि वर्णन गरिएको छ ।

यस महिनाको सुरुदेखि नै पोर्ट–आउ–प्रिन्सका धेरै जिल्लालाई गिरोहहरूले लक्षित गर्दै आएका छन्, र सोमबार दिउँसो सोलिनोमा आक्रमण भएको हो ।

गिरोहले ल ‘एस्टेरमा रहेको विद्यालयमा पनि आक्रमण गरेका छन् । उक्त आक्रमणमा एक अभिभावकको हत्या हुनुका साथै विद्यालयका थुप्रै बालबालिका घाइते भएका छन् ।

अक्टोबरको सुरुमा पोन्ट–सोन्डे सहरमा भएको गिरोहको आक्रमणमा कम्तीमा एक सय ९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

हाइटीमा शक्तिशाली गिरोहहरूले पोर्ट–अ–प्रिन्स र देशका मुख्य सडकहरूको ८० प्रतिशत नियन्त्रण लिएका छन् ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सेप्टेम्बरको अन्त्यमा उद्धृत गरेको तथ्याङ्कअनुसार जनवरीदेखि हाइटीमा भएको गिरोह हिंसाका कारण कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन(आइओएम) का अनुसार हिंसाले निम्त्याएको मानवीय भयका कारण ७ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

  नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

  कजान । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका