विमानमा बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत



नयाँदिल्ली । भारतका उड्डयनमन्त्री राममोहन नायडूले  गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताएका छन् ।

उनले ‘सुरक्षा र संरक्षण’ प्राथमिकता हो भन्दै विमानस्थलमा जाँचहरू बढाइएको जानकारी दिए ।

केही धम्कीका कारण विमानहरू क्यानाडा र जर्मनीतिर मोडिएका थिए भने बेलायत र सिङ्गापुरको आकाशमाथि विमानहरूलाई एस्कर्ट गर्न लडाकू जेटहरू उडाइएका थिए ।

धेरैजसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएका सन्देशहरूका कारण नागरिक उड्डयन अधिकारीहरूले धम्की दिइएका प्रत्येक उडान जाँच्नु परेको छ ।

मन्त्री नायडूले उड्डयन र विमान सुरक्षा कानूनहरूलाई परिमार्जन गर्न र त्यस्ता धम्की दिनेहरूलाई गम्भीर वा ‘स्पष्ट रूपमा पहिचानयोग्य’ अपराधको दोषी बनाउन सम्भावित लामो सजायसहित ‘कानूनी कारबाही’ का लागि छलफल भइरहेको पनि जानकारी दिए ।

उनले भने, “हामी उनीहरूविरुद्ध कडा कारबाही गर्न सक्षम हुन र यसलाई स्पष्ट रूपमा पहिचानयोग्य अपराध बनाउन यो गर्न चाहन्छौँ ।”

भारतमा कम्तीमा एक नाबालिग पक्राउ परे पनि धम्कीहरू जारी छन् । सोमबार कुनै धम्कीको रिपोर्ट आएको छैन ।

मन्त्री नायडूले अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै धम्कीहरू एकल स्रोतबाट आइरहेको हो कि भन्ने बारे टिप्पणी गर्न अस्वीकार गरे ।  “यो एकदम संवेदनशील स्थिति हो”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

  नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

  कजान । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका