सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग



सोल। दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ।

सोलको गुप्तचर निकायका अनुसार करिब १,५०० उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ। साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ। यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ। साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ। यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो।

“सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त गर्‍यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह गर्‍यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भने।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ। तस्वीरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो पन्ध्र सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लंघन गर्ने उपविदेशमन्त्री किमले बताए। रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिएको दूतावासले एक वक्तव्यमा भनेको छ।

सोमबार नै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटो प्रमुख मार्क रुट्टेसँग कुरा गरेका थिए र बढ्दो रुस–उत्तर कोरिया सहयोगविरुद्ध ‘ठोस प्रतिकार्य’ गर्न गठबन्धनलाई आग्रह गरे।

रुट्टेले सामाजिक सञ्जाल एक्समा यसले द्वन्द्वमा ‘महत्त्वपूर्ण वृद्धि’ गर्ने बताए। नाटोले अहिलेसम्म उत्तर कोरियाली सैनिक तैनाथीको पुष्टि गरेको छैन।

राष्ट्रपति युनका अनुसार सोमबार सोलमा रहेका बेलायती विदेशमन्त्री डेभिड लामीले रुसको कार्यलाई ‘लापरवाह र गैरकानूनी’ भन्दै लन्डनले सोलसँग मिलेर जवाफ दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

  नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

  कजान । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका