इराकमा पाँच लाख क्याप्टागन गोली जफत



 

 

प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् ।

इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका अधिकारीहरूले नियमित रूपमा क्याप्टागनको ठूलो मात्रा जफत गरेको घोषणा गर्छन् । यसमा अधिकांश तस्करी युद्धग्रस्त सिरियासँगको छ सय किलोमिटर खुला सीमा पार गरेर गरिन्छ ।

“छिमेकी मुलुकबाट आएको तरकारीको खेपमा ढुवानी गरिएका पाँच लाखभन्दा बढी क्याप्टागन गोली जफत गरिएको छ”, इराकको राष्ट्रिय सुरक्षा सेवाले विज्ञप्तिमा भनेको छ, “इराकको पश्चिमी अनबर प्रान्तमा केही दिनसम्म ढुकेर बसेपछि सिरियासँग जोडिएको क्षेत्रबाट यो खेप जफत गरिएको हो ।”

मूल रूपमा ‘ट्रान्जिट’ मुलुक भए पनि विशेषगरी क्याप्टागन र क्रिस्टल मेथाम्फेटामाइन जस्ता लागूपदार्थको प्रयोगमा इराकले हालैका वर्षहरूमा ठूलो तस्करीको सामना गरिरहेको छ ।

इराकी अधिकारीहरूले सन् २०२३ मा मात्र हालसम्मकै सबैभन्दा बढी दुई करोड ४० लाख क्याप्टागन गोली जफत गरेको संयुक्त राष्ट्रसङ्घको जुलाईको प्रतिवेदनमा उल्लेख छ । यो करिब चार दशमलव एक टन बराबर हो र यसको अनुमानित खुद्रा मूल्य आठ करोड ४० लाख डलरदेखि १४ करोड४० लाख डलरको बीचमा रहेको छ ।

क्याप्टागनका मुख्य बजारहरू रहेका यस क्षेत्रका सरकारहरूले तेल समृद्ध खाडी मुलुकहरूको दबाबमा तस्करीलाई नियन्त्रण गर्न आफ्ना प्रयासहरूलाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि एसियाली बजारमा शुक्रबार

हमास प्रमुख सिनवारको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

तेल अभिभ । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष

जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबीच आप्रवासी समस्याबारे छलफल हुने

इस्तानबुल । जर्मन चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न बाइडेन जर्मनी भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेन रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता