मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना



क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनका सहयोगीका अनुसार उनलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।

सुफी युसोफले भनिन्, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”

उनले भनिन्, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।” महाथिर जुलाइदेखि ९९ वर्ष लागेका थिए । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए ।

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिर चौथो व्यक्ति थिए । उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

जेरुसेलम ।  इजरायलले हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ

नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक बिक्री

सियोल । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा

अमेरिकाले गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई सैन्य सहयोग कटौती गर्ने

बीबीसी । संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नगरे