अमेरिकाले गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई सैन्य सहयोग कटौती गर्ने



बीबीसी । संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई दिइँदै आएको सैन्य सहयोग कटौती गर्ने लिखित चेतावनी दिएको छ ।

उक्त पत्रलाई अमेरिकाले आफ्नो साझेदार राष्ट्रलाई दिएको सबै कडा लिखित चेतावनी मानिएको छ । इजरायली सैन्य कारबाहीमा परी उत्तर गाजामा धेरै सर्वसाधारणको मृत्यु भएको विवरण आएपछि आइतवार वाशिङ्टनले त्यस्तो पत्र पठाएको सार्वजनिक भएको हो ।

उक्त क्षेत्रका मानिसहरूको अवस्था खराब बन्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले गत महिना उत्तरी र दक्षिणी गाजामा मानवीय सहायताका लागि गरिएको झन्डै ९० प्रतिशत गतिविधिमा इजरायली पक्षबाट अवरोध भएको जनाएको छ । इजरायलले अमेरिकाले पठाएको पत्रको समीक्षा गरिरहेको बताएको छ ।

इजरायलले यसअघि हमासका कार्यकर्तालाई लक्ष्य गरिएको र मानवीय सहायताका सामानलाई नरोकेको दाबी गर्दै आएको थियो । सोमबार गाजा प्रवेशको व्यवस्थापन गर्दै आएको इजरायली सेना निकाय ‘कोगट’ले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का ३० वटा लरीहरू इरेज नाकाबाट उत्तरी गाजामा प्रवेश गरेको जनाएको छ ।

सहायता सामग्रीको आपूर्तिमा ३० दिनभित्रै तत्कालै चरणबद्ध ठोस कदम चाल्न र त्यसो नभएको अवस्थामा अमेरिकी नीतिमा नकारात्मक प्रभाव पर्ने अमेरिकाले औँल्याएको छ। पत्रमा अमेरिकी सहायता सामग्रीमा अवरोध पुर्याउने देशलाई अमेरिकी कानुनले सैन्य सहयोग गर्न रोक लगाएकोबारे जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

जेरुसेलम ।  इजरायलले हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ

नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक बिक्री

सियोल । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा