इरानको आणविक केन्द्रमा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन



वासिङ्टन । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत अक्टोबर १ मा इरानले इजयायलमा गरेको क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा इजरायलले प्रतिआक्रमण गर्ने वाचा गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसलाई इजरायली प्रतिआक्रमणले सैन्य साइटहरूलाई मात्र लक्षित गर्ने आश्वासन दिएको एक अमेरिकी अधिकारीलाई उदृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र नेतान्याहूबीच भएको फोनवार्ता साथै अमेरिकी रक्षा सचिव लोयड अस्टिन र उहाँका इजरायली समकक्षी योव ग्यालान्ट बीचको कुराकानीमा यो प्रतिज्ञा भएको एक अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको थियो ।

क्षेत्रीय युद्धको थप विस्तारबाट बच्न र विश्वव्यापी ऊर्जाको मूल्यवृद्धिको चिन्ताको बीचमा राष्ट्रपति बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई

मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण