उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई



मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मंगलवार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति-आक्रमण’ अभियान सञ्चालन गरेको थियो ।

जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली ‘स्पष्ट पार्न आवश्यक छैन’ भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ प्रदान गर्ने व्यवस्था गरेको छ ।

“यो पूर्णतया स्पष्ट छ, मुख्य कुरा भनेको सन्धिले सुरक्षासहित सबै क्षेत्रमा रणनीतिक, गहन सहयोगको परिकल्पना गर्दछ”, प्रवक्ता दिमित्री पेसकोभले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनले उत्तर कोरियाको ‘सबैभन्दा प्रिय मित्र’ भनेर प्रशंसा गरेका थिए ।

उत्तर कोरियाले मस्कोलाई युक्रेनमा प्रयोग गर्न हतियार दिइरहेको पश्चिमी मुलुकहरूको विश्वास छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता प्योङयाङलाई आफ्नो मुलुकमा सैनिक पठाएको आरोप लगाएका थिए ।

पुटिनले उत्तर कोरियासँगको सम्झौता अनुमोदन गर्न विधायकहरूलाई एउटा विधेयक पठाएका छन् तर धेरै विवरण अझै अस्पष्ट छन् । विधेयकमा प्योङयाङ रुसको आणविक छाताअन्तर्गत पर्नेछ कि छैन भन्ने कुरा पनि समावेश छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको आणविक केन्द्रमा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

वासिङ्टन । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण