काश्मिरमा अपहरणपछि एक भारतीय सैनिकको हत्या



श्रीनगर । भारत प्रशाशित काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भारत प्रशासित काश्मिरमा एक दशकपछि पहिलो पटक भएको विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि प्रहरीले एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको जनाएको छ ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ।

अनन्तनाग जिल्लामा मङ्गलबार साँझ दुई सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

“एक जना सैनिक भाग्न सफल भए। उनलाई दुई वटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले भने।

सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरु गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का एक सैनिकको शव जङ्गलमा फेला परेको थियो ।

सन् १९८९ यता दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा पाँच लाख भारतीय सेना तैनाथ छन् ।

भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। आणविक शक्ति सम्पन्न यी छिमेकीले सन् १९४७ देखि यस क्षेत्रको नियन्त्रणका लागि कैयौँ पटक लडाँइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेरुतको उत्तरमा इजरायली आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु

  बेरुत । राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा

युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दावी

मस्को । युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका

अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

ढाका। अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले