सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने



टोकियो । जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तबिहीन हुने हालै सार्वजनिक प्रतिवेदनले देखाएको छ ।

जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको सङ्ख्या ४४ लाख ८० हजार छ । सन् २०५० सम्ममा यो सङ्ख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

क्योदो न्यूजका अनुसार जापानमा विवाह गर्नेको सङ्ख्या कम भएकाले वृद्ध जनसङ्ख्या बढ्दै गएको र यस्तो अवस्थामा अवस्थामा अस्पताल र हेरचाह गृहका रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ ।

जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ता भित्रका नातेदारलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेशनल इन्स्टिच्युट अफ पपुलेशन एण्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्याङ्कमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमा अन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकता को रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा तीन करोड ४० हजार देखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार

तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको इरान सञ्चारमाध्यमले

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

दमास्कस ।  । सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

लण्डन । इजरायल-हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद