उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु



नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्जापुर जिल्लाको जीटी रोडमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

‘भदोही जिल्लामा निर्माण कार्यबाट फर्केका १३ जना मजदुर बोकेको ट्याक्टर ट्रलीलाई नियन्त्रण बाहिर गएको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो,’ एक वरिष्ठ प्रहरी अधिकारी अभिनन्दनले भने, ‘ट्याक्टर ट्रलीमा सवार १३ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीनजनालाई अस्पताल लगिएको थियो ।’

प्रहरीका अनुसार मृत्यु भएका मिर्जामुराद क्षेत्रका बासिन्दा हुन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट

अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको