‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का



ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको आशङ्का नर्वे प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ह्वेल अगस्ट ३१ मा नर्वेको दक्षिणपश्चिमी तटमा रहेको खाडीमा मृत फेला परेको थियो ।

पशु अधिकार सङ्गठन एनओएएच र वन ह्वेलले ह्वेललाई गोली हानेर मारिएको दाबी गर्दै प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् । ह्वलेका लागि नर्वेली शब्द (हवल) र मस्कोसँग यसको कथित सम्बन्धमा यसको उपनाम ‘ह्वाल्डिमिर’ राखिएको छ ।

नर्वेली पशु चिकित्सा संस्थानले शव परीक्षण गर्दा ह्वेलको मुखमा ३५ सेन्टिमिटरको काठको टुक्रा पेला पारेको थियो ।

शव परीक्षणको रिपोर्टले मृत्युको सम्भावित कारण ब्याक्टेरिया सङ्क्रमण भनेको थियो । मुखमा काठको टुक्रा अड्किएकाले घाउ भई सङ्क्रमण भएको प्रहरी अधिकारी अमुन्ड प्रिडे रेभहेमले शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । काठको टुक्राले ह्वाल्डिमिरलाई खान गाह्रो बनाएको तथा सङ्क्रमणको जोखिम बढेको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले शव परीक्षणमा गोलीको कुनै निशान फेला नपरेकाले थप अनुसन्धान नगर्ने निर्णय गरेको जनाएको छ । परीक्षणमा ह्वाल्डिमिरलाई अवैध रूपमा मारिएको सङ्केत गर्ने केही प्रमाणहरु फेला नपरेको प्रिडे रेभहेमले बताए ।

नर्वेका अधिकारीहरूले ह्वेल एउटा घेराबाट भागेर रूसी नौसेनाद्वारा प्रशिक्षित भएको हुनसक्ने बताएका छन् । ह्वेल ‘रूसी जासुस’ हुनसक्ने दाबीमा मस्कोले भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको