पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते



इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको उत्तरी वजिरिस्तानको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनामा छ जना यात्रुको घटनास्थलमै मृत्यु भएका र अन्य आठ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ । घटनालगत्तै उद्धारकर्ता र सुरक्षाकर्मी घटनास्थलमा पुगेर राहतकार्य सुरू गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी। स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका