स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता



एजेन्सी। स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ ।

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरू बोकी युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि यात्रा गर्ने क्रम बढेको जनाइएको छ ।

अगस्टको अन्त्यमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले सन् २०१४ देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे