आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह



टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।
इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।
“हामीले हाल लेबनानमा बसोबास गर्ने जापानी नागरिकको सुरक्षा अवस्था बुझिरहेका छौँ, साथै उनीहरूलाई नियमित व्यावसायिक उडानहरू सञ्चालनमा रहँदा देश छोड्न आग्रह गरिरहेका छौं“, मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले भने ।

यससँगै रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ ।

“टोकियो इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ”, जापानका विदेशमन्त्री योको कामिकावाले बुधबार भनेका थिए ।

“जापानले सबै पक्षहरूलाई थप तनावबाट बच्न अत्यधिक संयम अपनाउन“ दृढतापूर्वक आग्रह गर्दछ”, उनले भने ।
इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी। स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका

भारतमा चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने

नयाँदिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले नजिकिँदे गरेको छठ पूजा र दिवालीको अवसरमा