ट्युनिसियामा १३ आप्रवासी मृत फेला


ट्युनिसिया । ट्युनिसियाको पूर्वी तटमा १३ जना उप–सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको न्यायिक अधिकारीले बताएका छन् ।

मङ्गलबार र बुधबार देशको तटीय सहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले बताए । उनले अनुसन्धान सुरु गरिएको तर थप विवरण प्राप्त नभएको बताए ।

ट्युनिसिया र छिमेकी देश लिबिया युरोपमा राम्रो जीवन प्राप्त गर्ने आशामा अन्य देशबाट आएका आप्रवासीहरूको खतरनाक भूमध्यसागरको जोखिमपूर्ण यात्राको प्रमुख प्रस्थान बिन्दु बनेका छन् ।

ट्युनिसियाको तटबाट जनवरी १ देखि कम्तिमा एक सय ३ अस्थायी डुङ्गाहरू पल्टिएका छन् र ३ सय ४१ शवहरू बरामद गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

ट्युनिसियाली एफटिडिइएस’ अधिकार समूहका अनुसार गत वर्ष उत्तर अफ्रिकी देशमा जहाज दुर्घटना हुँदा १३ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले गत दशकमा भूमध्यसागरमा ३० हजार तीन सय ९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ, जसमा गत वर्ष तीन हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।