एकसय भन्दाबढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी



रुस । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री आतिशीले लिइन् शपथ

बीबीसी । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छिन् । शनिबार उपराज्यपाल भीके

मणिपुरमा म्यानमाबाट सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेका भन्दै सीमा क्षेत्रमा उच्च सतर्कता

मणिपुर । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको

इजरायली आक्रमणमा बेरुतमा हेजबुल्लाह कमान्डरको मृत्यु

बेरुत । लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै

लेबनानमा उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी

संयुक्त राष्ट्र सङ्घले लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन