श्रीलङ्कामा ३८ हजार डेङ्गु संक्रमित


 

कोलम्बो । श्रीलङ्कामा जनवरीदेखि सेप्टेम्बर १७ सम्म ३८ हजार भन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइको पछिल्लो तथ्याङ्कअनुसार सोही अवधिमा डेङ्गुका कारण शून्य दशमलव शून्य चार प्रतिशत अर्थात १७ जनाको मृत्यु भएको छ ।

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा सबैभन्दा धेरै डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् । प्रदेशमा १६ हजार २१ घटना रिपोर्ट गरिएको छ । यो कुल मामिलाको ४१ दशमलव नौ प्रतिशत हो ।

उत्तरी प्रान्तमा चार हजार सात सय ४४ मामिला अर्थात कू मामिलाको १२ दशमलव चार प्रतिशत रिपोर्ट गरिएको छ । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइले डेङ्गुका १० उच्च जोखिम क्षेत्र पहिचान गरेको छ ।

एकाइका अनुसार गत वर्ष ८८ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए भने मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको थियो ।