फ्रान्सको आर्थिक अवस्था गम्भीर रहेको प्रधानमन्त्री बार्नियरको भनाई



पेरिस । फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता’ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् ।

यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो । बैङक अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।

फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५.६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ भने सन् २०२५ मा छ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय चुनावको लामो झगडा पछि नियुक्त भएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गर्नु भएको छ भने म्याक्रोनले अस्वीकार गरेका छन् ।

विग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथन भन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मालीको राजधानीमा भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु, २५० भन्दाबढी घाइते

  मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी

२४ वर्ष जेल बसेपछि फिजीका विद्रोही नेता स्पेइटलाई राष्ट्रपतिबाट माफी

फिजी । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ

‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा हङकङमा एक व्यक्तिलाई १४ महिनाको सजाय

हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

श्रीलंका । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ